
काठमाडौं ।
चीनको अग्रडी अटोमोटिभ लिथियम आयन ब्याट्री उत्पादक सीएटीएले सिंगल चार्जमा १ हजार किलोमिटरको रेञ्ज प्रदान गर्ने नयाँ ब्याट्री सार्वजनिक गरेको छ।
थर्ड जेनेरेसनको सेल टू प्याक (सीटीपी) प्रविधिको ब्याट्राको नाम किलिन वा सीटीपी ३.० राखिएको छ।
ब्याट्रको भोलुम उपयोग दक्षता ७२ प्रतिशत र ऊर्जा घनत्व २५५ किलोवाट/केजी तिर्नरी ब्याट्री सिस्टम छ। यो ब्याट्रीले विश्वकै उच्चतम एकीकरण स्तर प्रदान गर्ने सीएटीएलको दावी छ।
चिनियाँ पौराणिक कथाको प्रसिद्ध जीव ‘किलिन’को नाममा ब्याट्रीको नाम राखिएको सिंन्हा समाचार एजेन्सीले उल्लेख गरेको छ।
किलिनको मास उत्पादन शुरु गरिसएिको छ र यो सन् २०२३ देखि बजारमा उपलब्ध हुने सीएटीएले जनाएको छ।
मोड्युल बिना प्याकहरुमा सेललाई प्रत्यक्ष रुपमा एकीकृत गरेर सीटीपी प्रविधिले ऊर्जा घनत्व प्रणालीलाई सुधार गर्छ। जसका कारण निर्माण सरल हुनुका साथै लागत पनि घटाउन मद्दत गर्नेछ।
यसका साथै सीटीपी ३.० ब्याट्रीले सर्भिस लाइफ, सुरक्षा, चार्जिङ स्पिड र कम तापक्रममा कार्यसम्पादनमा सुधार गर्नेछ।
ब्याट्रीमा थर्मल स्थिरता र सुरक्षित भएको कम्पनीको दावी छ। ब्याट्रीको उत्पादन क्षमता उच्च ऊर्जा घनत्वको लागि उपयुक्त छ।
विपरित परिस्थितिमा सेल छिटो सेलाउँछ। जसबाट कोशिकाहरुबीचको असामान्य थर्मल प्रवाहलाई रोक्न सकिन्छ। फास्ट मोडमा १० मिनेटमा ब्याट्री चार्ज गर्न सकिने कम्पनीको दावी छ।
प्रकाशित: २१ असार २०७९, मंगलवार