
काठमाडौं ।
नेशनल यूनिभसिर्ट अफ सिंगापुर (एनयूएस)का इन्जिनियरिङ विद्यार्थीले देशको पहिलो इलेक्ट्रिक रेस कार बनाएका छन्। उक्त इलेक्ट्रिक रेस कारले ३.९ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने ग्याजेट३६०ले उल्लेख गरेको छ।
इलेक्ट्रिक रेस कारलाई आर२२ई नाम दिइएको छ। यसको अधिकतम स्पिड १२५.४ किलोमिटर प्रति घण्टा रहेको छ।
सिंगापुरका स्टेट ट्रान्सपोर्टका सिनियर मन्त्री चि होङ टाटले जून २८ मा आर२२ई सार्वजनिक गरेका हुन्।
मेकानिकल इन्जिनियरिङको चौथो वर्षका छात्र मुहम्मद नजीरुल स्याहमीले यस प्रोजेक्टका लागि उनीहरुसँग कम संसाधन थियो। स्याहमीले भने, ‘हाम्रो कयौं सिमुलेसन र टेस्ट शुरुवातबाट बनाउनु पर्ने थियो।’
उनीहरुसँग उच्च प्रणाली र इभी प्रविधिको अनुभव थिएन। यसका लागि उनीहरुले इलेक्ट्रिक प्रणाली ह्यान्डल गर्ने तरिका बुझ्नका लागि एनयूएस टिचिङ स्टाफको मद्दत लिएका थिए।
रिपोर्टका अनुसार कलेजका छात्रले पछिल्लो २१ वर्षमा १९ इन्टरनल कम्बसन इन्जिन (आईसी) रेस कार निर्माण गरिसकेका छन्। तर इलेक्ट्रिक रेस कार पहिलो पटक बनाइएको हो। उक्त कार बनाउन विद्यार्थीहरुले १८ महिनाभन्दा कम समय लिएका थिए।
उक्त कारमा ८० किलोवाटको मोटर जडान गरिएको छ।
प्रकाशित: २१ असार २०७९, मंगलवार