नोकियाको नयाँ ट्याब्लेट आउँदै

  • Technology Khabar | २० असार २०७९, सोमबार
नोकियाको नयाँ ट्याब्लेट आउँदै

काठमाडौं ।

नोकियाले नयाँ ट्याब्लेट ल्याउने भएको छ।

गिजबटका अनुसार नोकियाले नयाँ ट्याब्लेटमा काम गरिएको छ।

रिपोर्टका अनुसार नोकिया टी२० को मिनी भर्सनको रुपमा नोकिया टी१० ट्याब्लेट बजारमा ल्याउन लागिएको हो।

नोकिया टी१० ट्याब्लेट नोकिया २६६० फ्लिप फोनसँगै सार्वजनिक हुनेछ।
रिपोर्टका अनुसार नोकियाको ट्याब्लेटमा ८ इन्चको एलसीडी डिस्प्ले हुनेछ।

ट्याब्लेटले १२८० वाई ८०० पिक्सल रेज्यूलेसनमा ६० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ।

ट्याब्लेटमा ८ मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइनेछ। ५१०० एमएएचको ब्याट्रीले १० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फुल चार्जमा २४ घण्टासम्म चलाउन सकिन्छ।

१२ अपरेटिङ स्टिममा उपलब्ध हुने ट्याब्लेट फोरजी नेटवर्क सपोर्ट गर्छ।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...