
काठमाडौं ।
क्यानडाका एक पूर्व-सरकारी आईटी कर्मचारीले आफू रुसी साइबर-अपराध समूहको उच्चस्तरको ह्याकर भएको स्वीकार गरेका छन्।
क्यानडाको क्युबेकका सेबास्टियन भाचों-डेस्जार्डिन्स नामका ती व्यक्तिले हालै फ्लोरिडको अदालतमा उक्त आरोप स्विकार गरेका हुन्।
३४ वर्षीय ती व्यक्ति विभिन्न कम्पनी, नगरपालिका, अस्पताल, विद्यालय तथा विश्वविद्यालयमा हमला गर्ने नेटवाकर र्यान्समवेयर समूहसँग आबद्ध रहेको बीबीसीले जनाएको छ।
उनी पक्राउ पर्दा प्रहरीले उनको सम्पत्ति बिटक्वाइनमा २ करोड ७० लाख डलर रहेको पत्ता लगाएको थियो।
यो रुस सम्बद्ध साइबर अपराध समूहमा काम गर्ने कुनै ह्याकरलाई सफलतापूर्वक पक्राउ गरी मुद्दा चलाइएको दुर्लभ घटनामध्येको एक रहेको बुझिएको छ।
अमेरिकी अदालतको दस्तावेजमार्फत् उनी कुनै बेला नेटवाकरको महत्वपूर्ण व्यक्ति रहेको बुझिएको बीबीसीले जनाएको छ।
प्रहरीले संकलन गरेको प्रमाणले उनले २०२० को अप्रिलदेखि डिसेम्बरसम्म १७ ओटा क्यानडेली तथा विश्वका अन्य थुप्रै संस्थामा र्यान्समवेयर हमला चलाएका थिए।
प्रकाशित: १८ असार २०७९, शनिबार