स्विच टू एन्ड्रोइड सपोर्ट रोलआउट, अब आईफोनबाट एन्ड्रोइडमा सजिलै डाटा ट्रान्सफर हुने

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
स्विच टू एन्ड्रोइड सपोर्ट रोलआउट, अब आईफोनबाट एन्ड्रोइडमा सजिलै डाटा ट्रान्सफर हुने

काठमाडौं ।

गुगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टमका फोनका लागि स्विच टू एन्ड्रोइड सपोर्ट रोलआउट गरेको छ।

यसअघि यो एप्लिकेसन गुगल पिक्सेल स्मार्टफोनमा मात्र उपलब्ध थियो।

यसका लागि गुगले एप्पल ऐप स्टोरको माध्यमबाट आईओएस स्मार्टफोनका लागि एप्लिकेसन रोल आउट गरेको छ।

यो एप्लिकेसन एप्पल आईफोन प्रयोगकर्ताले एन्ड्रोइड १२ चलाउने व्यक्तिको एन्ड्रोइड स्मार्टफोनमा स्विच गर्न मद्दत गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो एपले आईफोनबाट एन्ड्रोइड स्मार्टफोनमा भिडियो, इमेज र कन्टेन्ट आईफोन केबल र वायरलेसको माध्यमबाट ट्रान्सफर गर्ने सुविधा प्रदान गर्छ।

तपाईंको आईफोनमा एन्ड्रोइड एपमा स्विच गर्न र प्रयोग गर्ने प्रक्रिया

१. यो लिङ्क https://apps.apple.com/in/app/id1581816143 मा क्लिक गरेर ‘स्विच टू एन्ड्रोइड’ एप डाउनलोड गर्नुहोस्।

२. एप लन्च गर्नुहोस्, स्टार्ट बटनमा क्लिक गर्नुहोस्, त्यसपछि आफ्नो एन्ड्रोइड फोनमा देखाइएको क्यूआर कोड स्क्यान गर्नुहोस्।

३. आफ्नो एन्ड्रोइड फोनमा, डिभाइसहरूको सूचीबाट आफ्नो आईफोन चयन गर्नुहोस्।

४. सम्पर्कहरू, क्यालेन्डर इभेन्टस, फोटोहरु र भिडियोहरूका लागि टगलहरू चयन गर्नुहोस्, र त्यसपछि ‘जारी राख्नुहोस्’मा ट्याप गर्नुहोस्।

५. प्रतिलिपि गर्ने प्रक्रिया पूरा भएपछि, ‘गो टू सेटिङ्स बटन’मा ट्याप गरेर आईमेसेज डिसेबल गर्नुहोस्।

६. अर्को स्क्रीनमा ‘स्टार्ट रिक्वेस्ट’ ट्याप गरेर आफ्नो आईक्लाउड (iCloud) डाटाको प्रतिलिपि गर्न अनुरोध गर्नुहोस्।

७. एप बन्द गर्नुहोस् र आफ्नो एन्ड्रोइड फोनमा सेटअप जारी राख्नुहोस्।

स्विच टू एन्ड्रोइड एपका लागि एप स्टोर सूचीले सुझाव दिएअनुसार प्रयोगकर्ताहरूको आईफोनहरूमा आईओएस १२ वा त्यसभन्दा पछि आएका भर्सन चलिरहेको हुनुपर्छ।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार