अझै तयार भएन एप्पलको फाइभजी मोडम, २०२३ का लागि क्वालकमले आपूर्ति गर्ने

  • Technology Khabar | १५ असार २०७९, बुधबार
अझै तयार भएन एप्पलको फाइभजी मोडम, २०२३ का लागि क्वालकमले आपूर्ति गर्ने

काठमाडौं ।

एप्पलको फाइभजी चिपसेट २०२३ का आईफोनहरुमा मात्र उपलब्ध हुने भएको छ।

एप्पलका विश्लेषक मिङ चि कुओका अनुसार फाइभजी मोडम तयार नभइसकेका कारण उक्त चिपसेटमा ढिलाई हुने भएको हो।

सन् २०१९ मा एप्पलले आईफोनका लागि आफ्नै फाइभजी चिप बनाउनका लागि इन्टेलको मोडम व्यवसाय लिएको थियो।

एप्पलले फाइभजी मोडम डेभलप गर्न सन् २०२० मा शुरु गरेको थियो तर कुओले हालै सार्वजनिक गरेको जानकारी अनुसार एप्पलको फाइभजी मोडम २०२४ अगाडि तयार नहुने उल्लेख छ।

कुओले एप्पलको फाइभजी मोडम चिप डेभलपमेन्ट असफल भएको र २०२३ को आईफोनका लागि उक्त चिप क्वालकमले नै निर्माण गर्ने बताएका छन्।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार