क्रुजको चालकरहित स्वचालित कारको सेवा अमेरिकामा शुरु

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
क्रुजको चालकरहित स्वचालित कारको सेवा अमेरिकामा शुरु

काठमाडौं ।

व्यावसायिक स्वचालित रोबोट्याक्सी सेवा क्रुजले हालै अमेरिकामा सशुल्क चालकरहित स्वचालित ट्याक्सी सेवा शुरु गरेको छ।

क्रुजले क्यालिफोर्निया पब्लिक यूटिलिटिज कमिसनबाट जुनको शुरुवातमा चालकरहित व्यावसायिक ट्याक्सी सञ्चालन गर्ने अनुमति पाएपछि यस्तो निर्णय गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।

शुरुमा क्रुजको चालकरहित स्वचालित ट्याक्सी सेवा बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुने र शहरका सडकका लागि मात्र हुनेगरी डिजाइन गरिएको थियो।

तर नियामकले कम्पनीलाई अन्य ठाउँहरुमा पनि परिचालन गर्नका लागि उक्त प्रणालीको सुरक्षा तथा प्रभावकारिता परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ।

 

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...