
काठमाडौं ।
कार निर्माता स्टेलान्टिसले दक्षिणी इटालीको मुख्य मेल्फी प्लान्टमा जुन २८ देखि जुलाई २ सम्म सेमिकण्डक्टरहरूको “संरचनात्मक” अभावका कारण सञ्चालन बन्द गर्ने भएको छ।
सो प्लान्टमा रहेको कर्मचारी युनियनले बिहीबार सो जानकारी दिएको हो।
इटालियन-फ्रान्सेली कार निर्माताका प्रवक्ताले यो समाचारको पुष्टि गरे र यसले कोभिड महामारीको शुरुवातदेखि नै दिनहुँ, प्लान्टहरुको आधारमा यसको सञ्चालनमा निर्णय लिइरहेको बताएका छन्।
“हामी २०२२ को अन्त्य सम्म स्थिरता देख्ने आशा गर्दैनौं,” प्रवक्ताले भने।
नयाँ निर्णयसँगै मेल्फी प्लान्ट जून महिनामा सात दिन मात्र सञ्चालन हुनेछ, कर्मचारी युनियनले एक विज्ञप्तिमा भनेको रोयटर्सले उल्लेख गरेका छन्।
स्टेलान्टिसले मेल्फीमा कम्पास र रेनेगेड जीप मोडेलहरू सहित सवारी साधनहरू उत्पादन गर्दछ, जहाँ यसले ७ हजार भन्दा बढी कामदारहरूलाई रोजगार दिन्छ।
सो समूहले उत्पादन रोकिँदा फ्रान्समा रहेका यसका दुई प्लान्टहरूमा पनि असर परेको बताएको छ।
प्रकाशित: १३ असार २०७९, सोमबार