
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो १२एस अल्ट्रा आगामी जुलाईमा सार्वजनिक गर्ने भएको छ।
कम्पनीले लाईकासँग आफ्ना प्रिमियम स्मार्टफोनका फ्ल्यागशिप लाइनअपका लागि सम्झौता गरेपछि यो चिर प्रतीक्षित स्मार्टफोन शाओमी १२एस सिरिज जुलाईमा मात्र सार्वजनिक गर्नेगरी समय लम्ब्याएको थियो।
तर कम्पनीले यो डिभाइस सार्वजनिक हुने यकिन मिति भने तोकिसकेको छैन। चीनका अफलाइन इलेक्ट्रोनिक्स खुद्रा व्यापारीहरुका रिपोर्टहरुका अनुसार शाओमी १२एस सिरिज जुलाई ५ भित्र आउनसक्ने सम्भावना रहेको छ।
चिनियाँ सामाजिक सञ्जाल वेबोका प्रयोगकर्ता निउवान टेक्नोलोजीले हालै आफ्नो टाइमलाइनमा देशका थुप्रै अफलाइन खुद्रा व्यापारीहरुले आउँदै गरेको शाओमी १२एस सिरिजसँग सम्बन्धित बजारीकरणका सामग्री र डिभाइसहरु प्राप्त गरिरहेको उल्लेख गरेका छन्।
यो सिरिजमा शाओमी १२एस, १२एस प्रो तथा १२एस अल्ट्रा रहेको गिज्मोचाइनाले जनाएको छ।

चिर प्रतीक्षित शाओमी १२ अल्ट्रालाई शाओमी १२एस अल्ट्रा नाम दिइएको छ जसबाट यसको अल्ट्रा मोडल शाओमी १२एस वर्ग अन्तर्गतकै हुने निश्चित भएको छ।
प्रकाशित: १३ असार २०७९, सोमबार