आईफोन र एन्ड्रोइड फोन ह्याक गर्न इटलीको स्पाइवेयर प्रयोग

  • Technology Khabar | १२ असार २०७९, आईतवार
आईफोन र एन्ड्रोइड फोन ह्याक गर्न इटलीको स्पाइवेयर प्रयोग

काठमाडौं ।

इटलीको एउटा कम्पनीको ह्याकिङ टूल एप्पल तथा एन्ड्रोइड स्मार्टफोनमा जासूसीका लागि प्रयोग गरिएको पाइएको छ।

गुगलले गत बिहीबार निकालेको एउटा रिपोर्ट अनुसार इटली तथा कजाख्स्तानका एन्ड्रोइड र आईफोनमा यी स्पाइवेयर भेटिएको रोयटर्सले जनाएको छ।

मिलानमा रहेको एउटा आरसीएस ल्याब नामक कम्पनीले विकास गरेको उक्त टूल लक्षित वर्गको व्यक्तिगत मेसेज तथा कन्ट्याक्टमाथि जासूसी गर्न प्रयोग भएको बताइएको छ।

आरसीएस ल्याबले पश्चिमका कानून परिचालन संस्थाहरु आफ्नो मुख्य ग्राहक भएको उल्लेख गरेको छ।

यूरोपेली तथा अमेरिकी नियामकहरुले स्पाइवेयरको बिक्री तथा आयातमा सम्भाव्य नयाँ नियमहरु लगाउने योजना बनाइरहेको रोयटर्सले लेखेको छ।

‘यी भेन्डरहरुले खतरनाक ह्याकिङ टूलको तीव्र वृद्धिलाई बढावा दिँदै यस्ता एप आफैंले डेभलप गर्न नसक्ने सरकारहरुलाई बिक्री गरिरहेका छन्’, गुगलले भनेको छ।

इटली तथा कजाख्स्तानका सरकारले यस सम्बन्धमा तत्काल कुनै प्रतिक्रिया  नदिएको रोयटर्सले उल्लेख गरेको छ। एप्पलका एक प्रवक्ताले कम्पनीले उक्त ह्याकिङ अभियानसम्बद्ध सबै परिचित एकाउन्ट तथा सर्टिफिकेटहरु रद्द गरिसकेको बताएका छन्।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार