गुगल नेस्ट क्याम भारतमा उपलब्ध

  • Technology Khabar | १२ असार २०७९, आईतवार
गुगल नेस्ट क्याम भारतमा उपलब्ध

काठमाडौं ।

गुगल नेस्ट क्यामले भारतमा डेब्यू गरेको छ। टाटा प्लेसँगको सहकार्यमा गुगलले होेम सेक्यूरिटी सर्भिस भारतमा ल्याएको बिबोमले उल्लेख गरेको छ।

गुगल नेस्ट क्याम ब्याट्री बेस्ड अर्थात रिचार्जएबल छ। यसले टाटा प्लेको स्याटलाइट बेस्ड सर्भिसमा काम गर्छ।

गुगल नेस्ट क्यामको मूल्य ११ हजार ९९९ भारु हुने अनुमान छ। ग्राहकले नेस्ट क्यामका साथ ४ हजार ५०० भारुको गुगल नेस्ट मिनी र २ महिनाको नेस्ट एवेयर सब्क्रिप्सनसहित टाटा प्ले सेक्यूयर प्ले प्लस प्लान पाउने छन्।

फिचर्स

गुगल नेस्ट क्याममा एनिमल, भेहिकल, पर्सन अलर्टका साथी टू वे कम्यूनिकेसनका लागि बिल्ड इन माइक्रोफोन र स्पीकर रहेको छ। यसका साथै बिल्ड इन ब्याट्री र वेदर रेसिस्टेन्टलगयात फिचर पाउन सकिन्छ। नेस्ट क्याममा १०८० पिक्सल एचडीमा लाइभ भिडियो हेर्न सकिन्छ।

यसमा १/२.८ इन्चको २ मेगापिक्सल सेन्टरसहित १३० डिग्री फिल्ड भ्यू प्राप्त गर्न सकिन्छ। यसले एचडीआर र नाइट भिजन सपोर्ट गर्छ।

प्रयोगकर्ताको प्लान अनुसार ३० देखि ६० दिनको भिडियो रेकर्डिङ गर्न सकिन्छ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...