भारतमा यात्रु कारका लागि सुरक्षा मापदण्ड तोकिने

  • Technology Khabar | १२ असार २०७९, आईतवार
भारतमा यात्रु कारका लागि सुरक्षा मापदण्ड तोकिने

काठमाडौं ।

भारतले यात्रु कारका लागि सुरक्षा मानक प्रणाली शुरु गर्ने भएको छ।

अटो निर्माताहरुलाई कारमा अत्याधुनिक सुरक्षा फिचर राख्न प्रोत्साहन गर्ने र देशमा बनेका कारहरुको विदेश निर्यातका लागि योग्यता पनि बढ्ने भएकाले उक्त नियमा ल्याइएको रोयटर्सले उल्लेख गरेको छ।

सडक यातायात मन्त्रालयले एउटा विज्ञप्ति जारी गरी यस्ता कारलाई १ देखि ५ स्टारसम्मको रेटिङ गरिने बताएको थियो।

यो रेटिङ वृद्धवृद्धा तथा बालबालिकाले पाउने सुरक्षा तथा कारमा उपलब्ध सुरक्षा सहयोगी प्रविधिका आधारमा गरिने रोयटर्सले जनाएको छ।

यो नयाँ सिस्टम आगामी अप्रिल २०२३ मा शुरु हुने बताइएको छ।

विश्वको पाँचौं ठूलो कार बजार भारतमा बर्सेनि ३० लाख थान कार बिक्री हुन्छ। यहाँ मारुती सुजुकी र होण्डाई मोटर्सका कार बढी रुचाइन्छन्।

विश्वकै केही डरलाग्दा सडक भएको भारतले सबै यात्रु कारमा कम्तीमा ६ ओटा एयर ब्याग हुनुपर्ने प्रस्ताव पनि गरेको छ। केही निर्माताहरुले भने आफ्नो उत्पादन खर्च बढ्ने भन्दै यसको विरोध गरिरहेका छन्। तर हालको नियममा भने चालक र अगाडिका यात्रुको सामुन्ने गरी दुई ओटा एयर ब्याग हुनुपर्ने तोकिएको छ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार