
काठमाडौं ।
चीनको शांघाईमा नियो ब्राण्डको एउटा विद्युतीय कार कम्पनीको तेस्रो तल्लाबाट खस्दा २ जनाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा परेर कार्यालयका एक कर्मचारी र भगिनी संस्थाका एक व्यक्तिको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ।
यो घटना बुधबार स्थानीय समयअनुसार साँझ ५:२० मा भएको बताइएको छ। दुर्घटनामा ज्यान गुमाउने दुवै जना कारभित्र रहेको जनाइएको छ।
उक्त घटनापछि कम्पनीले सरकारी अधिकारीसँगको सहकार्यमा छानबिन गरिरहेको छ। कार खसेको भनिएको कम्पनीको भवनको तेस्रो तल्ला शोरुम, परीक्षण क्षेत्र वा कार पार्कका रुपमा चिनिने बीबीसीले उल्लेख गरेको छ।
‘हाम्रो कम्पनीले छानबिन अघि बढाउन तथा उक्त घटनाको कारण पत्ता लगाउन जन सुरक्षा विभागसँग समन्वय गरेका छौं। अवस्थाको विश्लेषणका आधारमा यो एउटा दुर्घटना भएको र सवारीका कारण नभएको हाम्रो शुरुवाती ठम्याई छ’, कम्पनीले विज्ञप्तिमा लेखेको छ।
Terrible story of two test drivers at #China’s electrical vehicle manufacturer NIO being killed when a car somehow smashed out of a building and came crashing down from a great height. pic.twitter.com/4ZNI2t7LqZ
— Stephen McDonell (@StephenMcDonell) June 23, 2022
कम्पनीले आफूहरु उक्त दुर्घटनाका कारण दुखी भएको भन्दै आफ्ना कर्मचारीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ। मृतकका परिवारलाई सहयोग गर्नका लागि एउटा टोली गठन गरिएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: १० असार २०७९, शुक्रबार