नथिङको फोन १ अमेरिकामा उपलब्ध नहुने

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
नथिङको फोन १ अमेरिकामा उपलब्ध नहुने

काठमाडौं ।

नथिङको फोन १ अमेरिकामा उपलब्ध नहुने भएको छ। जीएसएमएरिनाका अनुसार हालै १ सय ओटा फोनहरु अक्शनमा राखिएकोमा उक्त सूचीकरणमा कुनै पनि उत्तर अमेरिकी क्यारियर समावेश भएको थिएन।

यसबारेमा कम्पनीले विश्वका सबै ठाउँमा फोन १ सार्वजनिक गर्ने लक्ष्य रहे पनि आफूहरु बेलायत र यूरोपमा बढी केन्द्रित रहेको र त्यहाँका स्थानीय क्यारियरहरुसँग आफ्नो राम्रो साझेदारी रहेको बताएको छ।

भेरिजोनले आफ्नो ह्वाइटलिस्टमा नभएका फोनलाई नेटवर्कमा राख्दैन भने एटीएन्डटीले केही निश्चित फोनहरुमा मात्र भोल्टे इनेबल गर्दछ।

टी-मोबाइलमा यस्तो समस्या नभए पनि यसले यूरोपेली क्यारियरले समान ब्याण्ड प्रयोग नगर्ने भएकाले कभरेजमा समस्या आउन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

नथिङले भविष्यमा अमेरिकामा स्मार्टफोन सार्वजनिक गर्ने सोच भने बनाएको छ तर त्यसका लागि उसलाई कम्तीमा एउटा मुख्य क्यारियरसँगको सहकार्य आवश्यक हुन्छ।

कम्पनीका संस्थापक कार्ल पेईले हाल केही सेट अक्शनमा राखिए पनि फोन १ आधिकारिक रुपमा भने आगामी जुलाई १२ मा मात्र सार्वजनिक हुने बताएका छन्।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार