मिडियाटेकको आम्दानी ३३ प्रतिशतले बढ्यो

  • Technology Khabar | ८ असार २०७९, बुधबार
मिडियाटेकको आम्दानी ३३ प्रतिशतले बढ्यो

काठमाडौं ।

ताइवानी चिप निर्माता कम्पनी मिडियाटेकको आम्दानी यो वर्ष ३३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत वर्ष पनि निकै राम्रो व्यापार गरेको थियो। डाइमेन्सिटी ८००० र ९००० सिरिज सार्वजनिक भएसँगै तिनीहरुको व्यापार बढेकाले समग्र आम्दानी पनि थपिएको हो।

विभिन्न डिभाइस कम्पनीहरुले आफ्ना फ्ल्यागशिप फोनहरुमा डाइमेन्सिटी ८००० र ९००० सिरिज प्रयोग गर्न थालेकाले यी सिरिजको माग उच्च बनेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

मिडियाटेकको यो वर्ष मे मा ५२.१ ताइवानी डलर आम्दानी गरेको थियो जुन अप्रिलको तुलनामा १ प्रतिशतले घटेको तथा वार्षिक रुपमा भने २६ प्रतिशतले बढेर लगातार तीन महिना ५० अर्ब ताइवानी डलर पुगेको थियो।

कम्पनीको आम्दानी यो वर्षको शुरुवाती ५ महिनामा ३३ प्रतिशतले बढेर २४७.४ ताइवानी डलर पुगेको थियो जुन आँकडा यसको दोस्रो त्रैमासका लागि गरिएको प्रक्षेपण भेट्नका लागि सहयोगीसिद्ध भएको थियो।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार