मोबाइल टावरले सिर्जना गर्ने रेडियो विकिरणको स्तर मापन गर्न ६ परामर्शदातृ सूचीकृत

  • Technology Khabar | ६ असार २०७९, सोमबार
मोबाइल टावरले सिर्जना गर्ने रेडियो विकिरणको स्तर मापन गर्न ६ परामर्शदातृ सूचीकृत

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरबाट सिर्जना हुने विद्युत चुम्बकीय विकिरण मापनका लागि ६ ओटा राष्ट्रिय परामर्शदातृ कम्पनीलाई सूचीकृत गरेको छ।

प्राधिकरणले गत डिसेम्बर २९ देखि जनवरी १३ सम्म बुझाउनु पर्नेगरी मोबाइल टावरबाट सिर्जना हुने विद्युत चुम्बकीय विकिरण मापनका लागि परामर्श दिन सक्ने राष्ट्रिय कम्पनीहरुबाट आशयपत्र आह्वान गरेको थियो।

त्यसै अनुसार आशयपत्र बुझाउनेहरु मध्येबाट सबैभन्दा योग्य ६ ओटा कम्पनीलाई शर्ट प्याकेज १ र प्याकेज २ का लागि शर्ट लिस्ट गरिएको प्राधिकरणले जनाएको छ।

छनौट भएका परामर्शदातृ कम्पनीको मुख्य दायित्व रेडियो तरंगका कारण विभिन्न दूरसञ्चार सेवा प्रदायकहरुले देशका विभिन्न ठाउँमा राखेका मोबाइल टावरबाट निस्किने विद्युत चुम्बकीय विकिरणको स्तर मापन गर्नु रहने बुझिएको छ।

यस कार्यको लागि शर्ट लिस्ट भएका राष्ट्रिय परामर्शदातृ कम्पनीहरु यस प्रकारका छन्:

क्र.सं.परामर्शदातृ कम्पनीठेगाना
ट्याञ्जेन्ट कन्सल्टेन्ट ग्रुप एण्ड सप्लायर्स प्रा.लि.धापाखेल, ललितपुर
महाकली मेची टेक्नोलोजिज एन्ड सप्लायर्स प्रा.लि.सानेपा, ललितपुर
ईटीसी-टीसीएन जेभीन्हयोखा टोल ५७२, काठमाडौं
महारुद्र-सिनर्जी जेभीपुल्चोक, ललितपुर
इन्टेल्को-डिश्ना जेभीबालकुमारी, ललितपुर नेपाल
जलजला बिल्डर्स एन्ड इन्फ्रास्ट्रक्चर प्रा.लि.ज्वागल, ललितपुर

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार