क्रिप्टोको बिक्री तीव्र हुन थालेपछि बिटक्वाइनको मूल्य २० हजार डलरबाट तल झर्यो

  • Technology Khabar | ५ असार २०७९, आईतवार
क्रिप्टोको बिक्री तीव्र हुन थालेपछि बिटक्वाइनको मूल्य २० हजार डलरबाट तल झर्यो

काठमाडौं ।

बिटक्वाइनको मूल्य शनिबार २० हजार डलरभन्दा तल झरेको छ।

क्रिप्टोकरेन्सीको बिक्री तीव्र रुपमा बढिरहेका कारण यसको मूल्यमा यस प्रकारकव गिरावट आएको एपीन्यूजले उल्लेख गरेको छ।

यसको मूल्य शनिबार अपराह्न ९।७ प्रतिशतले घटेर १८ हजार ६०० मा झरेको क्रिप्टो समाचार साइट क्वाइनडेस्कले जनाएको छ।

यसको मूल्य २० हजारबाट तल झरेको २०२० यता पहिलो पटक हो। अधिकांश मानिसले यसको मूल्य अब फेरि २० हजारबाट तल झर्दैन भन्ने आकलन गरिरहेका बेला यस्तो भएको हो।

बिटक्वाइनले सबैभन्दा उच्च विन्दुमा पुगेयता ७० प्रतिशतभन्दा बढी मूल्य गुमाइसकेको छ। यस्तै केही हप्तायता मूल्य घट्दै आइरहेको अर्को चर्चित क्रिप्टो इथेरियमको मूल्य शनिबार पनि घटेको छ। वित्त बजारको उतार चढावका कारण क्रिप्टो उद्योगमा निकै अस्थिरता छाएको छ।

केन्द्रीय बैंकले मुद्रास्फीतिबाट बच्नका लागि ब्याजदर बढाउन थालेपछि लगानीकर्ताहरु आफूसँग भएका जोखिमयुक्त सम्पत्ति धमाधम बेच्न थालेका छन्।

क्रिप्टोकरेन्सीको समग्र बजार मूल्य ३ ट्रिलियन डलरबाट १ ट्रिलियन डलरभन्दा तल झरेको क्वाइनमार्केटक्याप डटकमले उल्लेख गरेको छ। शनिबार अपराह्न सम्म उक्त कम्पनीको तथ्याङ्मा विश्वभरमा क्रिप्टोको बजार मूल्य ८१६ अर्ब रहेको उल्लेख थियो।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ५ असार २०७९, आईतवार