टीएसएमसीले २०२४ मा एएसएमएलको अत्याधुनिक चिप निर्माण टूल प्रयोग गर्ने

  • Technology Khabar | ५ असार २०७९, आईतवार
टीएसएमसीले २०२४ मा एएसएमएलको अत्याधुनिक चिप निर्माण टूल प्रयोग गर्ने

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले सन् २०२४ मा एएसएमएलको अत्याधुनिक चिप निर्माण टूल प्रयोगमा ल्याउने भएको छ।

एएसएमएल होल्डिङ एनभीले बनाएको ‘हाइ-एनए ईयूभी’ नामक उक्त उपकरणले फोन, ल्यापटप, कार तथा आर्टिफिसियल इन्टेलिजेन्स डिभाइसमा प्रयोग हुने कम्प्युटर चिपमा माइक्रोस्कोपिक सर्किट्री सिर्जना गर्ने फोकस लाइटका किरण उत्पादन गर्ने रोयटर्सले उल्लेख गरेको छ।

यसको नाममा रहेको ईयूभीले एक्स्ट्रिम अल्ट्राभायोलेट अर्थात् अति परावैजनी भन्ने बुझाउँछ जुन एएसएमएलको सबैभन्दा अत्याधुनिक उपकरणमा प्रयोग भएको प्रकाशको तरंग लम्बाई हो।

‘टीएसएमसीले उपभोक्तालाई इनोभेशनका लागि चाहिने पूर्वाधार र प्याटर्निङ सोलुशन विकासका लागि हाई-एनए ईयूभी स्क्यानर २०२४ मा ल्याउनेछ’, सिलिकन भ्यालीमा आयोजित टीएसएमसीको प्रविधि सम्मेलनका क्रममा रिसर्च एन्ड डेभिपमेन्टका वरिष्ठ उपाध्यक्ष वाई.जी. मीले भने।

उनले यो उपकरण चिपको बृहत् उत्पादनका लागि कहिलेबाट प्रयोग हुन्छ भन्ने चाहिँ खुलाएका छैनन्। टीएसएमसीको प्रतिस्पर्धी इन्टेल कर्प यो मेशिन प्राप्त गर्ने पहिलो कम्पनी हुने र उक्त मेशिनमार्फत् २०२५ मा उत्पादन शुरु गर्ने बुझिएको छ।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ५ असार २०७९, आईतवार