स्न्यापले सशुल्क सदस्यता स्न्यापच्याट प्लसको परीक्षण गर्दै

  • Technology Khabar | ५ असार २०७९, आईतवार
स्न्यापले सशुल्क सदस्यता स्न्यापच्याट प्लसको परीक्षण गर्दै

काठमाडौं ।

सोशल मिडिया कम्पनी स्न्यापले सशुल्क सदस्यता स्न्यापच्याट प्लसको परीक्षण गरिरहेको छ।

कम्पनीले नियमित सेवामा थप सुविधाहरू सहित भुक्तानी सेवा ल्याउनका लागि नयाँ परीक्षण गरेको एप अनुसन्धानकर्ता अलेसेन्ड्रो पालुजीले ट्विटरमार्फत बताएका छन्।

नयाँ सेवाहरूमा साथीलाई #1 BFF (वेस्ट फ्रेन्ड्स फरएभर) को रूपमा पिन गर्ने, विशेष स्न्यापच्याट आइकनहरूमा पहुँच प्राप्त गर्ने, तिनीहरूको प्रोफाइलमा ब्याज प्रदर्शन गर्ने लगायत रहेका छन्।

यसका साथै नयाँ फिचरमा बीएफएफका साथमा तिनीहरूको कक्ष हेर्ने, विगत २४ घण्टामा साथीहरू कहाँ छन भनेर तिनिहरुको ठेगाना हेर्ने, र कति जना साथीहरूले एउटा स्टोरी हेरेका छन् भन्ने कुरा समावेश छ।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...