
काठमाडौं ।
ह्वावेले भर्खरै सार्वजनिक गरेका फ्ल्यागशिप ल्यापटप ह्वावे मेटबुक १६एस चीनमा प्रि-अर्डरका लागि उपलब्ध गरिएको छ।
कम्पनीले आफ्नो टप इण्ड मोडलको ल्यापटप चीनमा बिक्री खुल्ला गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
कोर आई ९ प्रोसेसर रहेको ल्यापटपको मूल्य १ हजार ३१३ अमेरिकी डलर तोकिएको छ।
ह्वावे मेटबुक १६एसमा १६ इन्चको डिस्प्ले छ। जसको स्क्रिन रेजोल्युशन २५२०x१६८० पिक्सेल, आस्पेक्ट रेसियो ३ः२ र ९० प्रतिशत स्क्रिन टु बडी रेसियो छ।
यसमा ३०० निट्स ब्राइट र १५००ः१ कन्ट्रास्ट रेसियोले १०० प्रतिशत एसआरजीबी कलर ग्यामट सपोर्ट गर्छ।
ह्वावे मेटबुक १६एसमा १२ औं जेनेरेसनको इन्टेल कोर आई९-१२९००एच प्रोसेसर तथा १६ जीबी र्याम र ५२१ जीबी स्टोरेज छ।
बायोमेट्रिक सुरक्षाका लागि ल्यापटपको पावर बटनमा फिङगर प्रिन्ट सेन्सर दिइएको छ। यसमा १०८० पिक्सेल वाइड एंगल फ्रन्ट फेसिङ वेब क्यामरा छ।
४ माइक्रोफोन र अगाडि फर्किएको डुअल स्टेरियो स्पिकरले मल्टिमिडिया अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ।
ह्वावे मेटबुक १६एसमा ८४ वाट आवरको शक्तिशाली ब्याट्री छ जुन यूएसबी-सी १३५ वाटबाट चार्ज हुन्छ।
कनेक्टिभिटीका लागि यसमा २ ओटा यूएसबी-ए ३.२ जेन १ पोर्ट, एउटा फुल फङ्शन यूएसबी–सी पोर्ट, एउटा थन्डरबोल्ट ४ यूएसबी-सी पोर्ट, एउटा एचडीएमआई २.० पोर्ट र एउटा ३.५ एमएम हेडफोन ज्याक छ।
प्रकाशित: ४ असार २०७९, शनिबार