अटो टेक

इभी निर्माता इलेक्ट्रिक लास्ट माइल सोलुसन्सद्धारा दिवालियापनको लागि निवेदन

इभी निर्माता इलेक्ट्रिक लास्ट माइल सोलुसन्सद्धारा दिवालियापनको लागि निवेदन
Global IME Bank

अमेरिकी व्यावसायिक विद्युतीय सवारी साधन निर्माता इलेक्ट्रिक लास्ट माइल सोलुसन्स इंक (इएलएमएस) ले आइतवार आफ्नो उत्पादन र व्यावसायीकरण योजनाहरूको समीक्षा पछि च्याप्टर ७ दिवालियापनको लागि फाइल गर्ने योजना बनाएको छ।

यो कदम ट्रोय, मिशिगनमा आधारित कम्पनीले यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले गरेको छानबिनको खुलासा गरेपछि र मार्चमा पहिले जारी गरिएको सबै व्यापार दृष्टिकोण फिर्ता लिएपछि आएको रोयटर्सले रिपोर्ट गरेको छ।

इएलएमएसले एसईसीले एक लेखा फर्मसंग असहमति र नास्डाकको सूचीबद्ध नियमहरुसंग सम्बन्धितसहित अघिल्लो फाइलिङमा छलफल गरिएको मामिलाहरुको छानबिन गरिरहेको बताएको थियो।

फेब्रुअरीमा, तत्कालीन मुख्य कार्यकारी अधिकारी जिम टेलर र अध्यक्ष र संस्थापक जेसन लुओले आफ्नो शेयर खरिदको अनुसन्धानपछि राजीनामा दिए।

इभी निर्माताले पहिले आफ्नो मुख्य व्यवसायमा केन्द्रित भएकोले लगभग २४ प्रतिशत कर्मचारीहरूलाई हटाएको थियो।

कम्पनी जून २०२१ मा ब्ल्यांक-चेक फर्म फोरम मर्जर थ्री कर्पसँग मर्जर मार्फत बजारमा सार्वजनिक भएको थियो।

Sajilo Visa
easy care