
काठमाडौं ।
काठमाडौं, ११ माघ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।
राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन गदैं मन्त्री थानीले नेपालको संविधानले नै सहकारीलाई तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बाको रुपमा लिइसकेको बताए ।
सहकारी ऐन संसद बिचाराधिन रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउँदै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख गरे । ‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सहकारी ऐन ल्याउदैंछौं, यसले धेरै समस्या हल गर्नेछ,’ मन्त्री थानीले भने ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू र आफ्नो मन्त्रालय सदैव तयार रहेको बताउ“दै सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उनको भनाइ छ । सहकारी मैत्री नै ऐन आउने भन्दै मन्त्री थानीले ब्यक्तिको आवश्यकताको आधारमा दफा परिर्वतन सम्भब नभएको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताउँदै सहकारीलाई व्यवस्थित गर्न सरोकावालाबीच एकरुपताको खाँचो रहेको बताए । उनले रेमिट्यान्स सदुपयोग नभएको बताउदै सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए ।
‘धेरै पैसा अनुत्पादक क्षेत्रमा खर्च भैइरहेको छ, यसलाई सहकारीको माध्यमबाट उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक छ,’ सचिब सापकोटाले भने ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशीलतालाई राज्यले अझैपनि बुझ्न नसकेको बताए । ‘सहकारीको गतिशीलतालाई राज्यले अझै बुझ्न सकेको छैन्, यसले गर्दा उत्पादन प्रणालीमा जान कठिनाई भएको छ,’ अध्यक्ष बडालले भने ।
कार्यक्रममा केन्द्रीय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए । सहकारीले अझै पनि वैदेशिक ऋण लिन सक्ने अवस्था नरहेको बताउ“दै पाण्डेले यसका निम्ति सरकारले पहल गर्नुपर्ने उल्लेख गरे ।
राष्ट्रिय सहकारी संघकि उपाध्यक्ष ओमदेवी मल्लले सहकारी आन्दोलनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न जरुरी रहेको बताइन् । राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष सरोजकुमार शर्माले नियमनकारी निकाय र सहकारी विचको समन्वयमा सहकारीमा रहेको अबौं रुपैयाँ परिचालन गर्न जरुरी रहेको बताए ।
विभागको आयोजना गरेको दुई दिने गोष्ठीमा सोमबार विभागका रजिष्टार केशवप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गदैं रेग्मीले दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित: ११ माघ २०७३, मंगलवार