कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम र सङ्ख्या दुवै घट्यो

  • Technology Khabar | २८ जेष्ठ २०७९, शनिबार
कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम र सङ्ख्या दुवै घट्यो

काठमाडौं ।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा ३१ अर्ब ९० करोड ६० लाख रुपैयाँले घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ वैशाख महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार कनेक्टआईपीएसमार्फत् चैत्र महिनाभरी ३६ लाख ५ हजार ४३० कारोबार भएकामा यो सङ्ख्या २०७९ वैशाख मसान्तसम्ममा आइपुग्दा ४ लाख ९० हजार ३४२ ले घटेर ३१ लाख १५ हजार ८८ मा झरेको छ।

कारोबार सङ्ख्या घटेसँगै कारोबार रकममा पनि उस्तै हिसाबले गिरावट आएको छ।

प्रतिवेदन अनुसार चैत्र मसान्तसम्म कनेक्ट आईपीएसमार्फत् २ खर्ब ९१ अर्ब २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएकामा यो रकम एक महिनाको अवधिमा ३१ अर्ब ९० करोड ६० लाख रुपैयाँले घटेर २ खर्ब ५९ अर्ब ३९ करोड रुपैयँमा आइपुगेको छ।

प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार