
काठमाडौं ।
सामसङ ग्यालेक्सी वाच ४ ब्ल्याक याक एडिसन सार्वजनिक भएको छ। सामसङले गत अगष्टमा सामसङ ग्यालेक्सी वाच४ विभिन्न कलरमा सार्वजनिक गरेको थियो।
जसमा थम ब्राउन एडिसन, बेस्पोक एडिसन, मेसन किटसुन एडिसन, पीएक्सजी गल्फ एडिसन र वूयोन्गमी एडिसन रहेको थियो।
उक्त सूचीमा बुधबार कम्पनीले ब्ल्याक याक एडिसन थप गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
सामसङले दक्षिण कोरियाली बाहिरी कपडा ब्राण्ड ब्ल्याक याकसँग साझेदारी गरेको छ। जसबाट यो सिमित एडिसन ग्यालेक्सी वाच४ ब्ल्याक याक नाम दिइएको हो।
यो स्मार्टवाच पर्वतारोहीहरुका लागि लक्षित छ। ब्ल्याक याक वाचले पर्यावरण मैत्री अभियानलाई सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ।
सामसङ ग्यालेक्सी वाच४ ब्ल्याक याक एडिसन ४० एमएम र ४४ एमएम आकारमा उपलब्ध छ। यसमा स्पेसल फिचरको रुपमा कोरियाको स्थानीय खाना खाने समय अर्थात लन्च टाइम १२ बजेदेखि १ बजेसम्म घडीको फेस रातोबाट हरियो कलरमा परिवर्तन हुने बताईएको छ। स्मार्ट वाच प्रयोगकर्तालाई डिस्पोजेबल वस्तुहरुको उपयोग गर्दा त्यसलाई सफा गर्ने सूचना दिनका लागि यो फिचर राखिएको कम्पनीको दावी छ।
यसमा पर्वतारोहण र पद मार्ग मोडहरु छन्। जसलाई प्रयोगकर्ताले जीपीएस मार्फत् आफ्नो मार्ग ट्रयाक गर्न सक्छन्। साथै अल्टिटियूटको जानकारी पनि प्राप्त गर्न सकिन्छ।
सामसङ ग्यालेक्सी वाच४ ब्ल्याक याक एडिसन ४० एमएमको मूल्य २२० अमेरिकी डलर र ४४ एमएमको मूल्य २४५ अमेरिकी डलर तोकिएको छ।
जुन १५ तारिखदेखि दक्षिण कोरियाली बजारका लागि सामसङको आधिकारिक वेबसाइटमा बिक्रीका लागि उपलब्ध हुनेछ।
प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार