एप्पलद्वारा नयाँ एम२ चिपसेट सार्वजनिक

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
एप्पलद्वारा नयाँ एम२ चिपसेट सार्वजनिक

काठमाडौं ।

एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा विभिन्न उत्पादनका साथमा एम२ चिप सार्वजनिक गरेको छ।

यो चिप हाल उपलब्ध एम१ चिपको उत्तराधिकारीका रुपमा आएको हो। दोस्रो जेनेरेशन ५एनएम प्रोसेसमा बनेको एम२ चिप नयाँ म्याकबुक एयर तथा १३ इन्चको म्याकबुक प्रोमा राखिएको छ।

यसको सीपीयूले एम१ का तुलनामा १८ प्रतिशत बढी काम गर्ने कम्पनीको दावी छ।

यसले सामसङ ग्यालेक्सी बुक२ ३६० मा रहेको इन्टेल कोर आई७-१२२५यू का तुलनामा उही पावर लेभलमा लगभग दोब्बर काम गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसको जीपीयू पनि एम१ को तुलनामा बढी शक्तिशाली रहेको छ। एम१ मा ८ कोर र यसमा १० कोर भएका कारण पनि यस्तो सम्भव भएको हो।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...