माछापुच्छे« बैंक अब आस्वा सदस्य

  • Technology Khabar | ५ माघ २०७३, बुधबार
माछापुच्छे« बैंक अब आस्वा सदस्य

काठमाडौं ।

काठमाडौं, ५ माघ । माछापुच्छे« बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आस्वा सदस्यता प्रदान गरेको छ । आस्वा पद्वतिमा सेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामै रोक्का हुन्छ भने सेयर बाँडफाँडपश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरीनेछ ।

यस सेवाबाट माछापुच्छे« बैँकमा खाता भएका ग्राहकहरु प्राथमिक निस्कासनका बखतहुने झन्झटहरु जस्तै आवेदन बुझाउन घण्टाैं लाईन बस्नुपर्ने, बाँडफाँड पश्चात् चेक संकलन गर्नु पर्ने, चेक संकलन गर्नु पर्दा घण्टाैं लाईन बस्नुपर्ने, चेक क्लियरीङ्ग गर्नु पर्ने जस्ता  झन्झट बाट मुक्त्त हुने बैंकले बताएको छ ।

बैकले उक्त सेवा बैंकको सम्पुर्ण ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टरमार्फत प्रदान गर्ने जनाएको छ ।

प्रकाशित: ५ माघ २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...