सोनी र होण्डाको सहकार्यमा हुने ईभी व्यापार स्वतन्त्र व्यवसायका रुपमा रहने

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
सोनी र होण्डाको सहकार्यमा हुने ईभी व्यापार स्वतन्त्र व्यवसायका रुपमा रहने

काठमाडौं ।

सोनी तथा होण्डाले हालै सहकार्यमा विद्युतीय सवारी निर्माण गर्ने घोषणा गरेका छन्।

सहकार्यमा गर्ने भए पनि उक्त ज्वाइन्टभेन्चरलाई स्वतन्त्र कम्पनीका रुपमा चलाउने उनीहरुको उद्देश्य छ।

‘दीर्घकालीन रुपमा हामीले यो ज्वाइन्टभेन्चरलाई सोनी वा होण्डाअन्तर्गत नभई स्वतन्त्र कम्पनीका रुपमा अगाडि बढाउने सोचेका छौं’, सोनीका अध्यक्ष तथा सीईओ केनिचिरो योशिदाले निक्केइलाई बताए।

उनले यसबारेमा धेरै विवरण दिएनन् तर सोनी र होण्डाले उक्त ज्वाइन्टभेन्चरलाई शेयर बेच्ने वा आईपीओ निकाल्न सक्ने संकेत भने गरे।

‘म यसका बारेमा निकट भविष्यमा केही बताउन सक्छु होला’, उनले थपे।

यी दुई कम्पनीले गत मार्चमा ज्वाइन्टभेन्चर घोषणा गरेका थिए। सोनीले ‘यो विश्वलाई सिर्जनशीलता तथा प्रविधिको शक्तिका माध्यमबाट’ भावुक बनाउने सोच राखेको बुझिएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...