यातायात कार्यालय चाबहिलको सर्भर डाउन, आज दिनभर सेवा अवरुद्ध

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
यातायात कार्यालय चाबहिलको सर्भर डाउन, आज दिनभर सेवा अवरुद्ध

काठमाडौं ।

यातायात व्यवस्था कार्यालय चाबहिल (लाइसेन्स)को सर्भर डाउन भएको छ। सर्भर डाउन हुँदा आज (सोमबार) दिनभरको सेवा अवरुद्ध भएको हो।

कार्यालयको आन्तरिक इन्टरनेटमा समस्या देखिएकाले आजको सेवा आवरुद्ध भएको कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले जानकारी दिए।

‘इन्टरनेटमा देखिएको समस्याका कारण आज लाइसेन्स वितरण बाहेक अन्य काम गर्न सकिएन,’ भट्टराईले भने, ‘भोलिदेखि नियमित सेवा सञ्चालन हुनेछ।’

कार्यालयले आज गर्ने भनेको लिखित तथा प्रयोगात्मक परीक्षा भोलि जेठ २४ गते मंगलबार सञ्चालन गर्नेछ।

यस्तै आजको नयाँ दर्ता भने जेठ २७ गते शुक्रबार गरिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार