काठमाडौं ।
वैश्विक सेमिकन्डक्टर उपकरणको व्यापार यो वर्षको दोस्रो त्रैमासमा ५ प्रतिशतले बढेको छ।
उक्त प्रतिशत वृद्धि भएर सो अवधिमा २४.७ अर्ब डलर पुगेको सेमीले जनाएको छ।
‘सेमिकन्डक्टरको फ्याब क्षमता चुस्त पारेका कारण पहिलो त्रैमासको वार्षिक उपकरणको आम्दानी वृद्धिले २०२२ को सकारात्मक प्रक्षेपणसँग सामञ्जस्य राखेको छ’, सेमीका अध्यक्ष तथा सीईओ अजित मनोचाले भने।
यद्यपि यो आँकडाले त्रैमासिक हिसाबले १० प्रतिशतको गिरावट भएको पनि सेमीले उल्लेख गरेको छ।
‘कम्पनीले स्थानीय चिप निर्माणलाई गति दिने काम गरेकाले उत्तर अमेरिका तथा यूरोपमा सेमिकन्डक्टर उपकरणको खपतको त्रैमासिक वृद्धि निकै राम्रमो भएको छ’, मनोचाले थपे।
यूरोपमा यो क्षेत्रमा सबैभन्दा बढी वार्षिक हिसाबले पहिलो त्रैमासमा व्यापार ११९ प्रतिशत अर्थात् १.२८ अर्ब डलरले बढेको सेमिको तथ्याङ्क छ।
यसैगरी उत्तर कोरियामा पनि गत वर्षको सोही अवधिको तुलनामा ९६ प्रतिशतको प्रभावकारी व्यापार वृद्धि भएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार