इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगरियोस् : महामन्त्री थापा

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगरियोस् : महामन्त्री थापा

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा धम्कीको भाषा प्रयोग नगर्न माग गरेका छन्।

इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा धम्कीको भाषा प्रयोग मात्र प्रयोग नभई जबर्जस्ती पनि गरिएकाले यसो नगर्न भनेका हुन्।

महामन्त्री थापाले पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न पनि माग गरेका छन्।

संसदमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले यसबारेका हाल भनिएका व्यवस्थाहरु सच्याउनुपर्ने पनि बताए।

उनले तोकेको समयमा पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीपूर्ण भाषामा उर्दी जारी गर्न नहुने उनको तर्क थियो।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • २३ जेष्ठ २०७९, सोमबार