छोराको पब्जी लतका कारण श्रीमानले गरे श्रीमतीको हत्या

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
छोराको पब्जी लतका कारण श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं ।

छोराले मोबाइल गेम पब्जी खेलेर घण्टौं समय बिताउँदा निराश भएका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

ती व्यक्तिले श्रीमतीमाथि गोली प्रहार गरी हत्या गरेका हुन्। यो घटना २४ मे (मंगलबार) भारतको कर्नाटक राज्यको ओरेन्ज राज्यको चिक्कामगालुरु जिल्लामा भएको इन्डियन टाइम्सले उल्लेख गरेको छ।

इम्तियाज नाम गरेका ती अभियुक्त आफ्नो छोराको मोबाइल गेम लतका कारण बेला बेलामा आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दैन थिए। रिसलाई काबुमा राख्न नसक्दा आफ्नै श्रीमतीको हत्या गर्न पुगेका बुझिएको छ।

उक्त घटनाको दिन इम्तियाजको छोराले घण्टौं पब्जीमा समय बिताएर मोबाइल चार्ज गर्नका लागि ब्रेक लिएका थिए। इम्तियाजको मोबाइललाई चार्जबाट हटाएर उनले आफ्नो मोबाइल चार्जरमा जोडेका थिए।

यो थाहा पाएपछि इम्तियाजले छोराको मोबाइलमा गेम खेल्ने बानीका लागि गाली गर्न थाले। छोराले बुबासँग प्रतिवाद गर्न थाले र झगडाले उग्र रुप लिन पुग्यो।

रिसले चूर भएका इम्तियाजले बन्दूक निकाले र आफ्नो छोरातर्फ तेर्साएर गोली हान्ने धम्की दिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

इम्तियाजले ट्रिगर थिच्न सक्ने डरमा आरोपितकी श्रीमती मैमुनाले झगडा रोक्न पहल गरिन्। मैमुनाले हस्तक्षेप गर्दा इम्तियाजले भूलबश ट्रिगर दबाए र मैमुनाको छातीमा गोली लाग्यो।

समाचारकाअनुसार उनलाई तुरुन्त नजिकैको हस्पिटल लगियो। तर डाक्टरले हस्पिटल ल्याउनु पूर्व उनको मृत्यु भएको घोषणा गर्यो।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • २२ जेष्ठ २०७९, आईतवार