सिद्धार्थ डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन गर्दै

Technology Khabar ३ माघ २०७३, सोमबार

काठमाडौं ।

काठमाडौं, ३ माघ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफना विद्यमान शेयरधनीहरुको लागि १०ः६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशन सम्बन्धमा सो बैंक र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

बैंकको हाल १ अर्ब ४१ करोड ९१ लाख ६७ हजार ६०० रुपैंया चुक्ता पुँजी रहेको बैंकले जनाएको छ ।

प्रकाशित: ३ माघ २०७३, सोमबार

तपाइको प्रतिक्रिया