
काठमाडौं ।
सोनी पीएस-५ को बिक्री २० मिलियन युनिट नाघेको छ।
सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्ट (एसआईई) ग्लोबल सेल्स एण्ड विजनेस अपरेसन डाइरेक्टर तथा विरिष्ठ उपाध्यक्ष भेरोनिक रोजर्सले सोनी पीएस५ले विश्वव्यापी रुपमा २० मिलियन युनिट बिक्रीको आकडा नाघेको बताएको गिगचाइनाले उल्लेख गरेको छ।
सन् २०२० नोभेम्बरमा सोनी पीएस५ सार्वजनिक भएदेखि यसको बिक्री उच्च छ। पार्टपुर्जाको अभाव नभएको भए यो कोशेढुंगा पहिले नै पुरा भइसकेको हुन्थ्यो।
कम्पनीले आगामी वर्षका लागि कन्सोलको उत्पादन उल्लेखनिय रुपमा वृद्धि गर्ने योजना बनाएको छ।
विरिष्ठ उपाध्यक्ष भेरोनिक रोजर्सको भनार्ई गिगचाइनाले लेखेको छ, ‘हामी सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्ट (एसआइई)ले विश्वव्यापी रुपमा २० मिलियन भन्दा बढी प्लेस्टेशन ५ कन्सोलहरु बिक्री गरेको घोषणा गर्न पाउँदा खुसी छौं।’
प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार