स्कोडाको पहिलो इलेक्ट्रिक कार एन्याक आईभी भारतमा परीक्षण हुँदै

  • Technology Khabar | २१ जेष्ठ २०७९, शनिबार
स्कोडाको पहिलो इलेक्ट्रिक कार एन्याक आईभी भारतमा परीक्षण हुँदै

काठमाडौं ।

स्कोडाको पहिलो इलेक्ट्रिक कार एन्याक आईभी भारतमा परीक्षणका क्रममा देखिएको छ।

परीक्षणसँगै एन्याक आईभीको लूक र फिचरसम्बन्धी जानकारी पनि बाहिरिएको छ।

यो इलेक्ट्रिक कार फक्सवागन आईडी४ तथा अडी क्यू४ निर्माण गर्न प्रयोग गरिएको ई-ट्रोनको प्लेटफर्ममा बनाइएको हो। कारको अधिकतम रेञ्ज ५०० किलोमिटरभन्दा बढी भएको दावी गरिएको छ।

सन् २०२३ को शुरुवातमा भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने अटोकार इन्डियाले उल्लेख गरेको छ।

लूक

परीक्षणको क्रममा देखिएको एन्याक आईभी लाउन्ज ट्रिम हो । जुन कन्ट्र्यास्ट ब्ल्याक र लाइट ग्रे थिममा रहेको छ। एन्याक आईभीमा क्रिस्टल फेस, एल्युमिनेटेड रेडिएटर ग्रिल दिइएको छ।

तस्वीरमा देखिएको मोडलमा १९ इन्चको प्रोटियस अलोय ह्वील, फुल साइज १३ इन्चको टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट स्क्रीन, एम्बिएन्ट लाइटिङ र सिटमा कन्ट्र्यास्ट एलो स्टिचिङ पाउन सकिन्छ।

यसका साथै लेदर स्टेयरिङ ह्वील, सिटमा कन्ट्र्यास्ट स्टिचिङका साथै पुरै क्याबिनमा लेदर र माइक्रोफाइबर फ्याब्रिक अपहोल्स्ट्री देख्न सकिन्छ।

ब्याट्री रेञ्ज

भारतमा टेस्ट गरिएको कारमा ७७ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ जसलाई डुअल इलेक्ट्रिक मोटर्समा जोडिएको छ। यो ब्याट्रीले २६५ बीएचपीको पावर जेनेरेट गर्न सक्षम छ।

सिंगल चार्जमा ५१३ किलोमिटरको रेञ्ज प्रदान गर्ने दावी गरिएको छ। कार ६.९ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रति घण्टा गुड्ने क्षमता राख्छ।

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...