स्क्याल्परहरुको एकाधिकार तोड्न अमेजनद्वारा नयाँ फिचर सार्वजनिक

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
स्क्याल्परहरुको एकाधिकार तोड्न अमेजनद्वारा नयाँ फिचर सार्वजनिक

काठमाडौं ।

अमेजनले स्क्याल्परहरुको एकाधिकार विरुद्ध लड्न नयाँ सुविधा शुरु गरेको छ।

स्क्याल्परहरु सामान्यतया: कुनै पनि सामान वा स्टक शेयर ठूलो परिमाणमा बिक्री गरेर छिटो र धेरै फाइदा लिने थोक बिक्रेताहरु हुन्।

भर्खर सार्वजनिक भएको सोनी पीएस५ र माइक्रोसफ्ट सिरिज एक्स कन्सोलहरुको उच्च मागका कारण धेरै स्क्याल्परहरुले प्रयोगकर्ताहरुको सामान लिन ई-कमर्श प्लेटफर्म प्रयोग गर्ने गरेका छन्।

ई-कमर्शबाट खरिद गरिएका कन्सोलहरु उनीहरुले उच्च मूल्यमा बिक्री गर्ने गरेका छन्। जसका कारण गेमरहरु आफूलाई मनपर्ने कन्सोलनहरु खरिद गर्नबाट बन्चित भइरहेका छन्।

यस्तो समस्याबाट गेमरहरुलाई राहत दिनका लागि अमेजनले नयाँ सेवा शुरु गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

उच्च माग र काम आपूर्ति भएका उत्पादनहरुमा ‘इन्भिटेसन–बेस’ अर्डर विधि प्रस्तुत गरेको छ। यस विधिबाट वैध प्रयोगकर्ताले ती वस्तुहरु उपभोग गर्न सक्ने अमेजनले विश्वास लिएको छ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार