एप्पल फेस टाइमलाई टक्कर दिन गुगल मिट र डुओ मर्ज

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
एप्पल फेस टाइमलाई टक्कर दिन गुगल मिट र डुओ मर्ज

काठमाडौं ।

एप्पल फेस टाइमलाई टक्कर दिन गुगल मिट र डुओ मर्ज भएको छ।

जीएसएमएरिनाका अनुसार बुधबार गुगलको म्यासेजिङ एप मिट र डुओ मर्ज भएको हो।

गुगल मिट व्यवसायिक र डुओ आम प्रयोगकर्ताको भिडियो कलिङका लागि उपलब्ध गराइएको थियो।

आगामी केही साता भित्रमा गुगलले मिटको फिचर डुओमा उपलब्ध गराउने छ। यो वर्ष भित्रै कम्पनीले डुओ एपको नाम परिवर्तन गरेर गुगल मिट राख्ने छ।

योसँगै अब कम्पनीसँग एउटा मात्र भिडियो कलिङ एप हुनेछ।

डुओको नाम परिवर्तन भएर गुलल मिट भए पनि प्रयोगकर्ताले यसलाई पुन डाउनलोड गर्नु पर्दैन। साथै, डुओमा रहेको पुरानो म्यासेज, फाइल, कलिङ हिस्ट्री, कन्ट्याक्ट सुरक्षित रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • २० जेष्ठ २०७९, शुक्रबार