
काठमाडौं ।
भारतको बिहार स्थित बैशाली जिल्ला, भेरोखरा घर भई हाल कंलकी बस्ने जमशेद अलिले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाईल बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ।
सो कार्यालयबाट खटिएको प्रहरी टोलीले न्युरोड स्थित ताम्राकार कम्प्लेक्समा निजले संचालन गरेको जेम्स नामक मोबाईल रिपेयर पसलमा खानतलासी गर्दा भन्सार छलि चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने उद्धेश्यले राखेका विभिन्न मोडलका आईफोन ११ थान तथा वनप्लस र रेडमी २ थान समेत गरि जम्मा १३ थान मोवाईल फेला पारिएको थियो।

पक्राउ गरेका निजलाई आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण, काठमाण्डौ पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार