
काठमाडौं ।
स्मार्टफोनको प्रविधि दिन प्रतिदिन विकास भइरहेको छ। उत्पादकहरु आफ्नो नविनतम प्रविधिबाट उपभोक्तालाई हरसम्भव आकर्षित गर्ने प्रयासमा तल्लिन् छन्।
यस्तोमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओकिटेलले २१ हजार एमएएच क्षमताको स्मार्टफोन सार्वजनिक गरेको छ।
ओकिटेल डब्ल्यूपी१९ मा २१ हजार एमएएचको शक्तिशाली ब्याट्री छ। यो डिभाइसबाट प्रयोगकर्ताले बारम्बार मोबाइल चार्ज गर्नु पर्ने झन्झटबाट मुक्त पाउँछन्।
यो मोबाइल करिब एक हप्तासम्म बिना चार्ज चलाउन सकिने फोनएरिनाले उल्लेख गरेको छ।
डब्ल्यूपी१९ १२२ घण्टा फोनकल, १२३ घण्टा अडियो प्लेब्याक, ३६ घण्टा भिडियो प्लेब्याक र २२५२ घण्टा (९४ दिन) स्ट्यान्डबाइ टाइम दिने कम्पनीको दावी छ।
स्पेसिफिकेन
शक्तिशाली ब्याट्रीले २७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन पूर्ण रुपमा चार्ज हुन ४ घण्टा लाग्छ। फोनलाई धुलो र पानीबाट जोगाउनका लागि आईपी६८/आईपी६९ तथा एमआईएल एसटीडी ८१०जी दिइएको छ।
फोनमा रहेको ६.७८ इन्चको डिस्प्लेले फुल एचडी प्लस रेजुलेसन तथा ९० गीगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। ओकिटेल डब्ल्यूपी१९ मा मिडियाटेक होलियो जी९५ प्रोसेसर छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ।
फोनको पछिल्लो क्यामरामा ट्रिपल सेटअप दिइएको छ। जसमा ६४ मेगापिक्सलको प्राइमरी सेन्सर, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २० मेगापिक्सलको सोनी नाइट भिजन आईआर मोड्युल छ। अघिल्लो भागमा १६ मेगापिक्सलको सेल्फी सुटर छ।
यो डिभाइस एन्ड्रोइड १२ ओएसमा चल्छ। फोनको मूल्य ७४२ अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार