शाओमी १२ अल्ट्रामा लाइकाको रातो लोगो रहने

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
शाओमी १२ अल्ट्रामा लाइकाको रातो लोगो रहने

काठमाडौं ।

आउँदै गरेको शाओमी १२ अल्ट्राको पछाडि पट्टि क्यामराको ठिक माथि लाइकाको परिचित रातो लोगो रहने भएको छ।

हालै चर्चित लीकस्टर डिजिटल च्याट स्टेशनले स्मार्टफोनको पछाडिको पाटोको फोटो वेबो एकाउन्टमा शेयर गरेका छन् जसमा शाओमी १२ अल्ट्रामा लाइकाको लोगो राखेको देखिएको छ।

लाइकाको आफ्नै लिइट्ज १ फोनबाहेक अन्य कुनै स्मार्टफोनमा आइकनिक लोगो राखिएको यो पहिलो पटक हुने जीएसएमएरेनाले उल्लेख गरेको छ।

यसबाहेक डिजिटल च्याट स्टेशनले उक्त डिभाइसको पछाडिको प्यानल कालो लेदर वा सेतो सेरामिकको हुने पनि जानकारी दिएका छन्।

शाओमी १२ अल्ट्रामा पछाडिपट्टि ५० मेगापिक्सेल २४ एमएम वाइड, ४८ मेगापिक्सेल १२० एमएम पेरिस्कोप जूम र ४८ मेगापिक्सेल १२ एमएम अल्ट्रावइड गरी ट्रिपल क्यामरा सेटअप रहेको छ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches Ncell Business Cloudsuite with web hosting and domain services

  • Technology Khabar
  • २० जेष्ठ २०७९, शुक्रबार