
काठमाडौं ।
एप्पलले आफ्नो कडा (र प्रायः विवादास्पद) एप स्टोर नीतिहरूको रक्षा गर्ने प्रयास गरेको छ। एक विज्ञप्तिमार्फत एप्पलका अनुसार, एप स्टोरले “२०२१ मा करिब १.५ अर्ब डलरको जालसाजी कारोबार रोक्न सफल भएको छ।
एप्पलले यो एप स्टोर समीक्षा, कडा इन-एप भुक्तानी आवश्यकताहरू र थपको संयोजनबाट सम्भव भएको बताएको छ।
यी एन्टी फ्रड प्रयासहरूले एप स्टोरलाई “एपहरू फेला पार्न र डाउनलोड गर्न सबैभन्दा सुरक्षित ठाउँ” बनाउने कम्पनीले व्याख्या गरेको छ।
“२०२१ मा, एप्पलले ग्राहकहरूलाई लगभग १.५ अर्ब डलर सम्भावित धोखाधडी कारोबारबाट जोगाएको छ, र ठगी प्रयोगकर्ताहरूबाट १६ लाखभन्दा बढी जोखिमपूर्ण र कमजोर एपहरू र एप अपडेटहरू रोकेको छ,” कम्पनीले भनेको छ।
एप स्टोरमा धोखाधडी रोक्न र कम गर्न एप्पलको प्रयासहरूलाई धेरै टोलीहरूमा निरन्तर निगरानी र सतर्कता आवश्यक हुने भन्दै एप्पलले एप रिभ्यु देखि डिस्कवरी फ्रडसम्म, प्रयोगकर्ताहरूलाई धोखाधडी एप गतिविधिबाट जोगाउने एप्पलको निरन्तर प्रतिबद्धताले गर्दा स्वतन्त्र, सम्मानित सुरक्षा विज्ञहरूले एप स्टोर एपहरू फेला पार्न र डाउनलोड गर्न सबैभन्दा सुरक्षित ठाउँ भएको बताएको उल्लेख गरेको छ।
सो अवधिमा एप समीक्षा टोलीले ३४,५०० भन्दा बढी एपहरू लुकेका वा कागजात नभएका फिचरहरू समावेश गरेको कारण अस्वीकार गरेका थिए। त्यसैगरी १ लाख ५७ हजार एपहरू स्पाम, कपीक्याट वा प्रयोगकर्ताहरूका लागि भ्रामक भएको फेला परेका कारण अस्वीकार गरियो ।
एप्पलले जानकारी दिएअनुसार ३ लाख ४३ हजार एपहरूलाई आवश्यक भन्दा बढी प्रयोगकर्ता डाटा अनुरोध गरेको वा तिनीहरूले पहिले नै सङ्कलन गरेको डाटालाई गलत व्यवस्थापन गरेको कारण अस्वीकार गरिएको थियो।
ग्राहक सरोकारको आधारमा प्रकाशन भएपछि थप ६ लाख १० हजार समीक्षाहरू पनि हटाइएको थियो।
एप्पलले पाइरेट स्टोरफ्रन्टहरूमा ६३ हजार ५०० भन्दा बढी अवैध एपहरू फेला पार्यो र ब्लक गरेको दाबी गरेको छ।त्यसैगरी ३३ लाख भन्दा बढी चोरी कार्डहरू सम्भावित फ्रड खरीदहरू गर्न प्रयोग हुनबाट रोकिएका थिए।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार