चीनको गीलीद्वारा अटोनोमस कारका लागि ९ ओटा लो अर्बिट स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
चीनको गीलीद्वारा अटोनोमस कारका लागि ९ ओटा लो अर्बिट स्याटेलाइट प्रक्षेपण
फाइल तस्बिर

काठमाडौं ।

चीनको झेजियाङ गीली होल्डिङ ग्रुपले बुधबार आफ्नो पहिलो स्याटेलाइट प्रक्षेपण गरेको छ।

उक्त प्रक्षेपणमा ९ ओटा लो अर्थ अर्बिट स्याटेलाइट समावेश रहेका थिए भने यसको मुख्य उद्देश्य अटोनोमस भेहिकलका लागि अझ सही नेभिगेशन प्रदान गर्नका लागि स्याटेलाइट नेटवर्क निर्माण गर्नु रहेको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले आफैंले डिजाइन तथा निर्माण गरेको गीस्याट-१ स्याटेलाइट सिचुआन प्रान्तको दक्षिणपश्चिममा रहेको शिचाङ स्याटेलाइट लञ्च सेन्टरबाट प्रक्षेपण गरिएको थियो।

गीलीले सन् २०२५ भित्र अरु ६३ ओटा स्याटेलाइट अर्बिटमा पठाएर अन्त्यमा उक्त नेटवर्कमा स्याटेलाइटको सङ्ख्या २४० पुर्याउने लक्ष्य लिएको छ।

यो प्रक्षेपणसँगै गीली अब अन्तरिक्ष व्यापारमा हात हाल्ने दोस्रो ठूलो अटो निर्माता भएको छ। मस्कको स्पेसएक्स अर्बिटमा २ हजारभन्दा बढी स्याटेलाइट राखेर आफ्नो स्टारलिंक नेटवर्कमार्फत् व्यावसायिक सेवा प्दान गर्ने अग्रणी कम्पनीका रुपमा परिचित छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Narrative war’: disinformation surges as conflict roils Middle East

  • Technology Khabar
  • १९ जेष्ठ २०७९, बिहीबार