जेम्स वेब टेलिस्कोपले खिचेको पहिलो पूर्ण रंगीन फोटो जुलाई १२ मा सार्वजनिक हुने

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
जेम्स वेब टेलिस्कोपले खिचेको पहिलो पूर्ण रंगीन फोटो जुलाई १२ मा सार्वजनिक हुने

काठमाडौं ।

प्रक्षेपण गरिएको ६ महिनापछि जेम्स वेब टेलिस्कोपले पहिलो पूर्ण रंगीन फोटो सार्वजनिक गर्ने भएको छ।

इन्ग्याजेटका अनुसार आगामी जुलाई १२ मा उक्त टेलिस्कोपले खिचेको पहिलो रंगीन फोटो सार्वजनिक गरिनेछ।

यूरोपियन स्पेस एजेन्सीले उक्त फोटो तथा पहिलो स्पेक्ट्रोस्कोपिक डाटा जुलाई १२ मा सार्वजनिक गरिने बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।

‘वेबको पहिलो पूर्ण रंगीन फोटोले हामी सबैका लागि हालसम्म मानवजातिले कहिल्यै नदेखेको कुरा हेर्ने अद्वितीय क्षण प्रदान गर्नेछ’, वेबका उप निर्देशक एरिक स्मिथले भने, ‘यी तस्बिरहरु दशकौंसम्मको समर्पण, दक्षता तथा सपनाको मूर्तरुप हुनेछ।’

जेम्स वेब स्पेस टेलिस्कोपलाई वैज्ञानिक काम शुरु गर्नुअघि थुप्रै महिनाको तयारी गर्नुपरेको थियो।

उक्त प्रक्रियामा टेलिस्कोपको सञ्चालन तापक्रम कम गर्ने, उपकरणहरुलाई क्यालिब्रेट गर्ने तथा ऐनाहरुलाई लहरबद्ध गर्नेजस्ता कामहरु रहेका छन्।

यूरोपियन स्पेस एजेन्सी, क्यानेडियन स्पेस एजेन्सी, स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युट तथा नासाले उक्त टेलिस्कोपले के के सम्म गर्न सक्छ भनेर ५ वर्ष अध्ययन गरेका थिए।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×