Technology Khabar १८ जेष्ठ २०७९, बुधबार
काठमाडौं ।
सवारी उत्पादकहरु इलेक्ट्रिक २ ह्वीलर उत्पादनमा आकर्षित भइरहँदा भारतीय अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्राले इलेक्ट्रिक २ ह्वीलर बजारमा नल्याउने भएको छ।
महिन्द्रा एण्ड महिन्द्राका कार्यकारी निर्देशक राजेश जेजुरिकरले एक अनलाइन कम्परेन्समा उक्त वक्तव्य दिएको ड्राइभस्पार्कले लेखेको छ।
कम्पनी इलेक्ट्रिक २ पांग्रेको स्थानमा इलेक्ट्रिक प्यासेन्जर र कमर्सियल सवारी निर्माणमा केन्द्रित हुने उनले बताएका थिए।
प्युजो मोटरसाइकललाई पूर्ण अधिग्रहण गरेसँगै महिन्द्राले भारतीय बजारमा इलेक्ट्रिक २ ह्वीलर ल्याउने चर्चा चुलिएको थियो। तर महिन्द्राले हालसम्म प्युजोको २ ह्वीलर भारतीय बजारमा प्रस्तुत गरेको छ। जानकारीका अनुसार प्युजो चीर र यूरोपियन बजार केन्द्रित रहेको छ।
तत्कालका लागि महिन्द्राको इलेक्ट्रिक २ ह्वीलर बजारमा प्रवेश गर्ने योजना छैन्।
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार