
काठमाडौं ।
कन्फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिज योङ इन्टरप्रेनर्स फोरम (सिएनआइवाइइएफ) असार ११ गते नेपालम स्टार्टअप प्रवर्धनको लागि सिएनवाइइएफ नेपाल स्टार्टअप फेस्ट गर्ने भएको छ। फेस्टमा ३ हजारभन्दा बढी स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थीको उपस्तथिती हुने बताइएको छ।
नेपालमा स्टार्टअप्सलाई अभियानको रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अथतर्न्त्रको महत्वपूर्ण अंगको रुपमा स्थपित गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी सिएनआइवाइइएफका अध्यक्ष अमुन थापाले जानकारी दिए।
स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको र त्यसको कार्यान्वयनको लागि समितिले सहकार्य गर्ने उनी बताउँछन्।
कार्यक्रममा स्टार्टअप्स लगानीको लागि पेश गर्न व्यवस्था पनि मिलाइएको सिएनआइवाइइएफका निवर्तमान अध्यक्ष चाङ अग्रवालले जानकारी दिए । जेठ २७ गतेसम्म यसमा आवेदन दिन सकिने उनले बताए।
‘यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको हो, हामीले ४ मिलियन डलर बराबरको लगानीको लागि आसयपत्रमा हस्ताक्षर गरिसकेका छौं,’ उनले भने।
अग्रवालको अनुसार टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, आध्यन्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले संयुक्तरुपमा ५० करोडको आसय दिइसकेका छन् । बैशाख २७ गते उक्त संस्थाहरुसँग सम्झौता गरिएको उनले बताए।
फेस्टमा ७ वटा विधालाई सम्मानित गरिने बताइएको छ। एक दिन हुने उक्त कार्यक्रममा ५० भन्दा धेरै स्टार्टअपले स्टल पनि राख्ने छन्। उक्त कार्यक्रममा सहभागी हुन फेस्टको अफिसियल वेवसाइट startup.cniyef.org मा आफ्नो नाम दर्ता गराउन सकिने छ।
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार