सामसङले घोषित मितिभन्दा ६ महिनाअगावै एलसीडी निर्माण बन्द गर्ने

  • Technology Khabar | १७ जेष्ठ २०७९, मंगलवार
सामसङले घोषित मितिभन्दा ६ महिनाअगावै एलसीडी निर्माण बन्द गर्ने

काठमाडौं ।

सामसङ डिस्प्लेले आफ्नो एलसीडी उत्पादन जुनको अन्त्यमा बन्द गर्ने भएको छ।

यो मिति यसअघि तय गरिएको भन्दा ठिक ६ महिना अगाडि भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

उद्योगका आन्तरिक व्यक्तिहरुका अनुसार हाल यो क्षेत्रमा प्रतिस्पर्धा निकै बढेको र सामसङ ग्रुप आफ्नो घाटालाई सीमित बनाउन लागिपरिरहेको बताएका छन्।

सामसङ डिस्प्लेले ओएलईडी तथा क्वान्टम डट प्यानल निर्माणमा केन्द्रित हुन चाहेको र कर्मचारीहरुलाई अब क्वान्टम डट व्यवसायतर्फ सारिने संकेत देखिएको छ।

डिस्प्ले सप्लाइ चेन कन्सल्ट्यान्ट्सको रिपोर्टले एलसीडीको मूल्य जनवरी २०१४ को ३६.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ। चीनको बीओई तथा ताइवानको एयू अप्ट्रोनिक्सले पनि उपभोक्तालाई कम मूल्यमा यी प्यानल बेच्ने भएपछि प्रतिस्पर्धा अझै गहिरिएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार