विद्युतीय सवारीमा फेरि लगाइयो अन्तःशुल्क

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार

काठमाडौं ।

सरकारले विद्युतीय सवारी साधनमा पुन अन्तःशुल्क लगाएको छ। आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट मार्फत् विद्युतीइ सवारीसाधनमा ६० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको हो।

अर्थमन्त्री जर्नादन शर्मादे प्रस्तुत गरेको बजेटमा १०० वाटसम्मको विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लगाइएको छैन। भने, १०० किलोवाटदेखि २०० किलोवाटसम्म ३० प्रतिशत, २०० देखि ३०० किलोवाटसम्म ४५ प्रतिशत र ३०० किलोवाटभन्दा माथि ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लगाउने निर्णय गरेका थिए।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्थमन्त्री विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क हटाएका थिए।

आगामी आर्थिक वर्षको बजेट मार्फत् विद्युतीय सवारीको ब्याट्री क्षमताको आधारमा अन्तःशुल्क लगाइएको छ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार