पूर्ण डिजिटल बैंक स्थापना गरिने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
पूर्ण डिजिटल बैंक स्थापना गरिने

काठमाडौं ।

सरकारले पूर्ण डिजिटल बैंकको स्थापना गरिने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमापेश गर्दै पूर्ण डिजिटल बैंकको स्थापना गर्न आवश्यक व्यवस्था मिलाईने घोषणा गरेका हुन ।

यसका साथै उनले भुक्तानी प्रणालीलाई सुरक्षित  बनाउन आधुनिक उपकरणहरुको वित्तीय कारोबारलाई  विद्युतीय प्रणालीमा आधारित सुरक्षित बनाईने भएको छ।

त्यसैगरी सबै प्रकारका सरकारी भुक्तानीहरु विद्युतीय प्रणालीमा आधारित बनाईने भएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...