महिला माथिको हिंसा न्यून गर्न टोल फ्री नम्बर व्यवस्था गरिने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
महिला माथिको हिंसा न्यून गर्न टोल फ्री नम्बर व्यवस्था गरिने

काठमाडौं ।

सरकारले महिलामाथि हुने विभिन्न किसिमका हिंसाहरुलाई कम गर्न टोल फ्री नम्बर व्यवस्था गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गर्दै पारिवारिक र सार्वजनिक स्थलमा हुने हिंसालाई कम गर्न टोल फ्री नम्बर व्यवस्था गरिने घोषणा गरेका हुन् ।

हाल सञ्चालनमा रहेको गुनासो व्यवस्थापन प्रणालीलाई सुदृण गर्ने समेत उनले बताए ।

त्यसैगरी विमानस्थल, बसपार्कजस्ता भिडभाड हुने सार्वजनिक स्थलमा प्रहरी महिला सेल र २४ घण्टा खुला रहने हेल्पलाइन स्थापना गरिने योजना सरकारले लिएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार