
काठमाडौं ।
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अगाडि बढाउने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा साइबर सुरक्षाको सुनिश्चितता, एक्काइसौं शताब्दीको आवश्यकता भन्ने अवधारणालाई कार्यान्वयन गर्न उक्त केन्द्रको काम अगाडि बढाइने बताएका हुन्।
‘उक्त केन्द्रलाई साइबर सुरक्षा सम्बन्धमा अनुसन्धान विकास साइबर सुरक्षा प्रबर्द्धन र डिजिटल फोरेन्सिक अनुसन्धान सम्बन्धी अधिकारप्राप्त निकायको रुपमा विकास गरिनेछ’, अर्थमन्त्री शर्माले भने।
उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार मर्यादित व्यवसागिक पारदर्शी बनाइने पनि बजेटमा उल्लेख गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार