वैदेशिक रोजगारसम्बन्धी सेवाहरु अनलाइनमार्फत् उपलब्ध गराइने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
वैदेशिक रोजगारसम्बन्धी सेवाहरु अनलाइनमार्फत् उपलब्ध गराइने

काठमाडौं ।

सरकारले वैदेशिक रोजगारसम्बन्धी सेवाहरु अनलाइनमार्फत् उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्दै यस्तो घोषणा गरेका हुन्।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाइने बताउँदै उनले भने, ‘वैदेशिक रोजगार सूचना प्रणालीलाई स्तरोन्नति गरी वैदेशिक रोजगारसम्बद्ध सेवाहरु अनलाइन प्रणालीमार्फत् प्रदान गर्न व्यवस्था मिलाइनेछ।’

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...